ताजा अपडेट
राजनीति

रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

रास्वपा सभापति  रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । पर्सा जिल्लामा पनि रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सामा रहेको सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नलाई पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत, पर्साले रास्वपा सभापति लामिछानेसहित १४ जनाविरुद्ध सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले बुधबार रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्न अनुमति दिएको छ, उनले भने, अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर पछि बयान लिने काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…