Bagmati Samachar Logo

नेपाल र चीनबिच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र चीन सरकारबिच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। दुई देशको परराष्ट्रसचिवस्तरमा आज बुधबार हस्ताक्षर सम्पन्न भएको प्रधानमन्त्री केपी ओलीको सचिवालयले जानकारी दिएको छ ।

‘दुवै पक्ष आफ्ना विकास रणनीतिको समन्वय सुदृढ गर्न तथा अझ ठोस उच्च गुणस्तरको बेल्ट एन्ड रोड अघि बढाउन सहमत भए,’ परराष्ट्रद्वारा जारी नेपाल– चीन संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण र बेल्ट एन्ड रोड सहकार्यसम्बन्धी समझदारीपत्रमा जतिसक्दो चाँडो हस्ताक्षर गर्न तयार रहेकोमा जोड दिएका छन्।’