पुथा उत्तरगंगामा कांग्रेसको चुनाव चिह्नमा लडेकी एमाले नेता हराउदै माओवादी विजयी

काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगका अनुसार ३ हजार ६ सय २७ मत ल्याएर उपाध्यक्षमा माओवादीकी बुढा विजयी भएकी हुन्।
यहाँ कांग्रेस र एमालेबीच गठबन्धन गरेको थियो। एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन्। उनले २ हजार १ सय २८ मत ल्याइन्।
२०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो।
प्रतिक्रिया दिनुहोस्: