ढल्कुमा स्थानीयको बिचमा झडप हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१७ ढल्कुको पोडेटोलमा दुई समूहको बिचमा झडप भएको छ । झडपमा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय अनिल पुजारी छन् ।
छिमेकीसँग विवाद हुँदा अर्को समूहले खुकुरी प्रहार गर्दा अनितको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । झडपमा ६ जना घाइते भएका प्रहरीले जानकारी दिएका छन् ।
झडप हुँदा पोडेटोल घर भएका ५२ वर्षीय सुबिन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।
उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न चार पुरुष र तीन महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रविन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टीकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी रहेका अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्: