Swornakshar Logo

इरजायली सेनाले नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा उद्धार गरेको छ (नामवालीसहित)

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले केहि नेपाली विद्यार्थीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ।

सोमबार साँझ विज्ञप्‍ति जारी गर्दै दूतावासले विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको बताएको हो।

केही विद्यार्थीहरूको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेको पनि दूतावासले जानकारी दिएको छ।

त्यस्तै दक्षिण इजरायलको किबुज अलुमिममा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव फिर्ता गर्न पनि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरू गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

‘४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अभिभ सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ।’
सरकारले इजरायल सरकासँग समन्वय गरी नेपालीहरूलाई स्वदेश फिर्ता गर्न अनलाइन रेजिष्ट्रेशन सुरू गरेको थियो। दुई सय भन्दा बढीले फारम भरिसकेका छन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार बिहानदेखि इजरायलमाथि आक्रमण गरेको थियो। जसको आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका छन्।
उद्धार गरिएका नेपालीहरू
१. रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
२. बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
३.आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
४.नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर
५. लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
६. रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
७. निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
८. अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली
९.उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
१०.ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
११. गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
१२. बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
१३. प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत
१४. गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
१५. नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
१६. श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
१७.बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली
१८. नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
१९. मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
२०. लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
२१. प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी
२२. अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
२३. समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
२४. निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
२५. बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन
२६. सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
२७.रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
२८. आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली
२९.कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
३०.शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
३१. साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
३२.बिपिन सुवेदी – त्रिपुर ५, दाङ