खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फूटबल खेलाडीलाई आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए ।
यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसन लगायतसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने उनले जानकारी दिए । बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डेलाई चयन गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: