नवलपरासीको बर्दघाटको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

नवलपरासी । सुस्तापश्चिम नवलपरासीको बर्दघाट नगरपालिका मेयर र उपमेयर गठबन्धनले जितेको छ । गठबन्धनबाट मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उमेदवार निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठले १८ हजार ४८९ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्यायले १४ हजार ५९५ मत ल्याएर निर्वाचित भएका हुन् ।
एमालेका मेयर पदका उमेदवार धिरज शर्मा बस्यालले भने १३ हजार ३२७ मत ल्याएका छन् । श्रेष्ठले शर्मालाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे ।
उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानाले रानाको १३ हजार ८१० मत पाएकी छन् । उपाध्यायले रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भए ।
१६ वडा रहेको नगरपालिकामा २ वटा वडा एमालेले जितेको छ । नेपाली कांग्रेसले ११, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक एक वटा वडाको वडाध्यक्ष जितेका छन् ।
यसअघि दुवै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: