Swornakshar Logo

बझाङको केदारस्युँमा एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका गणेशबहादुर बोहरा ४हजार ३२१ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई पराजित गरेका हुन् । पराजित लोकेशबहादुर भण्डारीले २ हजार ४०८ मत ल्याएका छन् । १ हजार ९१३ मतान्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका मनिषा धामी ३ हजार ९३१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नाराकुमारी गुर्धामीले २ हजार १४९ मत ल्याएकी छन् ।