Swornakshar Logo

हेटौंडामा मतपत्रमा भेटियो ‘नो भोट’

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणनाका क्रममा ‘नो भोट’ लेखेको एक मतपत्रमा भेटिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ४ को एक मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखेको फेला परेको हो ।

दुई वटा मतपत्रमा ‘नो भोट’ लेखेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतको पर्खाइमा रहेको प्रतिनिधिहरुले गणकले मतपत्रमा मत होइन मार्करले कोरेर छोडेको बताएपछि हलमा रहेको सबै चकित परेका थिए ।

मतगणनाको क्रममा यस्तो मत पत्र भेटिएपछि हलमा रहेका उम्मेदवारको प्रतिनिधिहरु माझ हाँसो गुञ्जिएको थियो ।

पछिल्लो समय नेपालमा पनि ‘नो भोट’को विषयमा बहस भइरहेको छ । सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न फैसला गरेपनि कार्यान्वयनमा ल्याउन निर्वाचन आयोगले सकेको छैन ।