ताजा अपडेट
अपराध शिक्षा

युवाहरुले हेटौंडा अस्पतालमा सुरु गरे सहायता कक्ष, २४ सै घण्टा फोन गर्न सकिने

युवाहरुले हेटौंडा अस्पतालमा सुरु गरे सहायता कक्ष, २४ सै घण्टा फोन गर्न सकिने

हेटौंडा । हेटौंडा अस्पतालको प्रांगणमा सहायता कक्ष (हेल्प डेक्स) को स्थापना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको माहामारीका बेलामा बिरामी र बिरामीको आफन्तहरुलाई सहयोग र सहजीकरण गर्नका लागि हेटौंडाका स्वतन्त्र युवाहरुले अस्पताल छेउमा ‘हेल्प डेक्स’ स्थापना गरेका छन् ।

दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमण र त्यसले निम्त्याउने विभिन्न समस्याको समाधानमा सहयोगी भूमिका निभाउनका लागि सामाजिक संजाल फेसबुकमा ‘कोभिड हेल्प डेस्क टिम’ गठन गरी अस्पतालमा ‘सहायता कक्ष’ बनाइएको यस कार्यका अभियान्ता रामकृष्ण शिवाकोटीले बताए ।

यस सहायता कक्षको काम कोभिड सम्बन्धि विभिन्न जानकारी , सहयोग तथा सम्बन्धित निकायसंगको समन्वयमा कोरोना संक्रमितलाई अत्यावस्यक परेको सामग्रीको उपलब्ध गराउने रहेको शिवाकोटीले बताए ।

कोरोना संक्रमणका कारण अस्पताल आउन या अस्पताल आएपछि केहि समस्या परे , अथवा घरमै अक्सिजनको अभावमा वा अन्य समस्या परेको छ भने ‘हेल्प डेक्स’ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

कोही व्यक्ति संग अक्सिजन सिलिन्डरहरु छ भने निशुल्क भरेर उपलब्ध गराउने , रगत र अक्सिजनको अभावमा उपचार नपाएका बिरामीलाई रगत र अक्सिजन उपलब्ध गराउन सहयोग गर्ने, हेटौंडा अस्पताल आएका बिरामीलाई सहयोग गर्नुका साथै हेटौंडा अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत सहयोग गर्ने काम गरिने ‘हेल्प डेक्स’ का प्रविन मैनालीले बताए ।

हेटौंडामा कसैलाई समस्या परेमा ‘हेल्प डेक्स’ मा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । सहयोगका लागि २४ सै घण्टा फोन गर्न सकिने भन्दै फोन नम्बरहरु सार्वजनिक गरिएको छ ।

‘हेल्प डेक्स’ को सहयोग चाहिएमा ९८४४२६९७७१, ९८२१८३५७७९, ९८५५०६८९२७, ९८५५०६८६५६, ९८५५०६८२७७ , ९८५५०६७०३३ र ९८५५०१२२२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।  हेटौंडामा विभिन्न क्षेत्रमा आवद्ध युवाले आफ्नै खर्चमा सहायता कक्ष संचालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…