कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको निधन
काठमाडौं । १८ साउन । भारतको उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री एवं बिधान सभासदस्य कमल रानी वरुणको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनको निधन कोरोना संक्रमणका कारण भएको हो ।
गत जुलाई १८ मा रानीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएसँगै उनलाई लखनऊस्थीत संजय गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।
कमल रानी घाटमपुरको कानपुर नगरबाट विधायकमा निर्वाचित भएकी थिइन् । यसअघि उनी २ पटक सांसद भईसकेकी थिइन् ।
उनको निधनसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो अयोध्या भ्रमण रद्द गरेका छन् ।
मन्त्री कमला रानी पहिलेदेखि नै मधुमेह, उच्चरक्तचाप र थाइराइडको समस्यामा थिइन् । कोरोना संक्रमण देखिएसँगै उनलाई श्वासप्रश्वासमा समस्यामा भएको थियो ।
कोरोना संक्रमण देखिएको केहि दिनसम्म अवस्था सामान्य भएपनि गत तीन दिनदेखि अवस्था अति कमजोर भएको र उनलाई शनिबारदेखि विशेष भेन्टिलेटरमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: