Bagmati Samachar Logo

पूर्व जनमुक्ति सेना जमिनलाई क्यान्सर उपचारको लागि ३ लाख सहयोग

हेटौंडा ।१७ साउन । सिन्धुपाल्चोकका पूर्व जनमुक्ति सेना नयम बहादुर तामाङ (जमिन) लाई थप उपचारको लागि नगद सहयोग गरिएको छ । जनयुद्धको बेला गोलीको छर्रा च्यापुमा लागको तामाङको सोहि ठाउँमा क्यान्सर भएको थियो । क्यान्सर पिडित उनी अहिले भक्तपुरमा बसेर उपचार गराई रहेका छन् ।

बागमती प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी, मकावनपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लागयत पूर्वी जनमुक्ति सेनाका सुमन प्राख्रिन जिबन गोले लगायतले शुक्रबार भक्तपुरमै पुगेरे जमिनलाई ३ लाख ५ सय ४५ रुपैयाँ नगद सहयोग गर्नुभएको हो । विभिन्न व्यावसायी, पूर्व जनमुक्ति सेना लागयतहरुले सहयोग गर्नुभएको रकम संकलन गरेर एकमुष्ठ रुपमा उपचारको लागि सहयोग गरिएको प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी (छिन्तु)ले जानकारी दिएका छन् ।