नक्कली मेजर सुरेश विष्टपरे प्रहरीको फन्दामा

ललितपुर । नेपाली सेनाका मेजर बताउने सुरेश विष्टलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति मादक पदार्थ सेवन गरेर प्रहरीलाई नै धम्क्याउने र धकेल्ने गरेपछि उनलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँले उनलाई पक्राउ गरेको हो । सैनिक पोशाकमै रहेका विष्टले प्रहरीलाई अभद्र व्यवहार समेत गरेका थिए ।
सैनिक पोशाक, त्यसमा पनि मेजरको फुली लगाएको देखेपछि डिउटीमा खटिएका प्रहरीले पहिला सलाम गरे । त्यसपछि ‘कहाँसम्म सर ?’ भन्दै प्रहरीले सोधदा । मेजर विष्टले प्रहरीलाई धकेले पछि उनि रक्सीले मातेको प्रहरीले थाहा पाए ।
प्रहरीमाथि नै आक्रमण गरेगरेका उनलाई नियन्त्रणमा लिने प्रयास भयो । तर, विष्टलाई नियन्त्रणमा लिन प्रहरीलाई निकै कठिन भयो । उनले डिउटीमा खटिएका प्रहरीलाई लछार–पछार पारे । प्रहरीले ‘सर, यसो नगर्नुस, यसो नगर्नुस’ भन्दै समाते । बृत्तमा ल्याएपछि पनि विष्टले अभद्र व्यवहार देखाइरहे । त्यसपछि प्रहरीले उनलाई हत्कडी लगाए ।
उदण्ड मच्चाइरहेका विष्टबारे प्रहरीले सैनिक प्रहरीलाई खबर गरे । केहीबेरमा सैनिक प्रहरी वृत्त आइपुगे । तर, सैनिक प्रहरीले विष्टलाई बुझ्न मानेनन् । सैनिक प्रहरीले विष्ट सेनाको मेजर नभएको बताए । बृत्तमा आएका सैनिक प्रहरीले भने, ‘सुरेश विष्ट नाम गरेका मेजर साप नेपाली सेनामा नरहेको पाइयो ।’
सैनिक प्रहरीले यसो भनिरहँदा विष्टले भने सैनिक प्रहरीकै गाडी समेत तोडफोड गर्ने स्थितिमा वितण्डा मच्चाइरहेका थिए । ती सबै हर्कत भिडियोमा देखिएको छ । उनले सेनाले बोल्ने कोड भाषा पनि बोलेका छन् ।
सैनिक प्रहरीले आफ्नो मान्छे होइन भनेपछि प्रहरीले उनलाई बृत्तकै हिरासतमा राखेका छन् । मेजरले भोलिपल्ट शनिवार बिहान आफूलाई सञ्चो नभएको भनेपछि उनको पाटन अस्पतालमा उपचार भएको छ ।
ती विष्टले यसअघि पनि चापागाउँका प्रहरीलाई आफू सेनाको मेजर भएको भन्दै धम्क्याउने गरेको पाइएको छ । मेजरकै हैसियतमा उनले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, बृत्तकै पूर्वइञ्चार्जहरुसित बसेर खानपान गर्ने गरेको समेत पाइएको छ । अहिले आएर भने विष्ट नक्कली मेजर भएको पत्ता लागेको छ ।
गोदावरी नगरपालिका २ विशंखु बस्ने ४५ वर्षीय विष्ट २०६२ जेठ ११ गते सेनामा भर्ती भएका थिए । तर, उनी २०६३ वैशाख १० गते बर्खास्त भएका थिए ।
महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले पक्राउ परेका विष्ट नक्कली मेजर भएको र उनले सेनाको कपडा दुरुपयोग गरेको पाइएकाले किर्तेमा मुद्दा चलाउने तयारी भएको छ । यसबारे थप अनुसन्धान समेत भइरहेको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: