ताइवानको संसदमा मुक्का हानाहान
हेटौडा । ३ साउन । ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुन हुँदै् मुक्का हानाहान समेत गरेकाछन् । सत्तारुढ दल डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी ‘डीपीपी’ का एकजना विद्यायक उम्मेद्वारलाई मत हाल्ने क्रममा विपक्षी पार्टीका सदस्यसँग विवाद सुरु भएपछि झडप सुरु भएको थियो ।
त्यसपछि कुओमिन्ताङ (केएमटी) का सांसदहरुले सभामुखको पोडियममा पानीका बेलुनले हानेका थिए । ताइपेई संसद सामूहिक भागवण्डाका लागि झगडा हुने संसदको रुपमा समेत चिनिँदै आएको छ । चार वर्षअघि राष्ट्रपति साई इङ वेनले सत्ता छोड्दा सुधार नीति र पेन्सन कटौतीको विषयलाई लिएर पनि संसदमा झडप भएको थियो । शुक्रबार कन्ट्रोल युआनका अध्यक्षको पदको मनोनयनका लागि मतदान हुँदै थियो ।
प्रतिक्रिया दिनुहोस्: