ताजा अपडेट
अपराध

सशस्त्रका एसएसपी माथि औषधी खुवाएर आफ्नै कार्यालयमा बलात्कार गरेको आरोप, प्रहरी घटनास्थल पुग्दा एसएसपी फरार

सशस्त्रका एसएसपी माथि औषधी खुवाएर आफ्नै कार्यालयमा बलात्कार गरेको आरोप, प्रहरी घटनास्थल पुग्दा एसएसपी फरार

काठमाडौँ । ३१ असार । सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लागेको हो ।

सशस्त्र प्रहरी मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको जनाएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।

ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यस सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरी घटनास्थल पुगे पनि एसएसपी अधिकारी भने फरार रहेका छन् । अधिकारीको खोजीकार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…