पछिल्लो २४ घण्टामा १ सय १६ कोरोना संक्रमित थपिए, ३४ जना डिस्चार्ज

काठमाडौं । ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको छ ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका ५ जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १० हजार ३ सय २८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६० दशमलव ५३ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा २ लाख ८९ हजार ३ सय ७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २४ हजार ७ सय १६ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।
सार्क मुलुकहरुमा गरिएको पीसीआर परीक्षणलाई नेपालसँग तुलना गर्दा दैनिक औसत कोरोना परीक्षण अफगानिस्तानमा २ हजार ४९, बंगलादेशमा पाँच हजार ७ सय २७, श्रीलंकामा ५हजार ७ सय, पाकिस्तानमा ७ हजार १ सय ७३ र भारतमा ८ हजार ५ सय ५३ र नेपालमा ९ हजार ९ सय २७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: