Bagmati Samachar Logo

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७०५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । २९ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७०५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।