Swornakshar Logo

कोरोना भाइरसः २४ घण्टामा थप एक सय १८ जनामा संक्रमण पुष्टि

काठमाडौं । २६ असार । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ८ सय ६ जनाको नमुना परीक्षण गरिएको थियो ।

यो अबधिमा १ सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । गौतमले निको हुने दर नेपालमा ४८ दशमलव १ रहेको बताए ।

संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या ८ हजार ६ सय ३ र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ९ सय १० रहेको मन्त्रालयले जनाएको छ ।

६ जिल्ला संक्रमित शून्य
गौतमले संक्रमित भएका सबै निको भएपछि ६ वटा जिल्ला संक्रमण शून्य भएको बताए ।

उनका अनुसार धनकुटा, भोजपुर सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला संक्रमणमुक्त भएको हो ।