Bagmati Samachar Logo

नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

काठमाडौं । २३ असार । नेपाल प्रहरीको प्रहरी २८औं महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापा क्षेत्रीलाई आईजीपीमा नियुक्त गरेको हो ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवाका आधारमा २४ असारबाट अनिवार्य अवकाश पाउने भएपछि उनलाई सरकारले आईजीपी पदमा नियुक्त गरेको हो । 

१९ वैशाख २०४९ सालमा प्रहरी निरीक्षक (इक्सपेक्टर) बाट सेवा सुरु गरेका क्षत्रीको कार्यकाल १८ वैशाख २०७९ सम्म हुनेछ । उनीसँगै आईजीपीको प्रतिस्पर्धामा रहेका अर्का एआईजी हरिबहादुर पाल रहे पनि सरकारले क्षत्रीलाई नियुक्त गरेको हो । 

ज्ञवाली २७औं आईजीपीका रूपमा तत्कालीन आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि गत २८ माघमा आईजीपीमा नियुक्त भएका थिए । 

उनको कार्यकाल जम्मा ५ महिना मात्रै रह्यो । ज्ञवालीसँगै अर्का एक एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्य उपाध्यले समेत अवकाश पाउनेछन् ।