Bagmati Samachar Logo

नेपाल एयरलाइन्सका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि होटल सोल्टी सिल

काठमाडौं । २२ असार । नेपाल एयरलाइन्सका तीन जना पाइलट र कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । पाइलट र कर्मचारीलाई कोरोना पुष्टि भएपछि काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीलाई सिल गरिएको छ । सोही होटलको एउटा ब्लकमा बस्ने गरेका नेपाल वायु सेवा निगमका ५ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आज नै होटल सिल गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले भने, ‘नेपाल वायु सेवा निगमका उडान कर्मचारीहरू होटल सोल्टीमा बस्ने गरेको र त्यहाँ बस्ने सो कम्पनीका कर्मचारीहरूमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य सुरक्षाका लागि सो होटल सिल गरिएको हो ।’

सो होटलमा बस्ने गरेका नेपाल एयरलाइन्सका कर्मचारीमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।डीएसपी कुँवरका अनुसार अब कोरोना संक्रमित ती सबै कर्चारीहरूलाई सोही होटलमै राखेर उपचार गरिनेछ । उनीहरूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनले बताए ।