Bagmati Samachar Logo

वडा कार्यलयमा रातको १२ बजे महिला र मदिरा बोतलको साथ वडा अध्यक्ष भेटिए पछि

हेटौडा |२० असर| वडा कार्यालयमै महिला र मदिराको सथ वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आन्दोलन थालेका छन् ।
वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग यौन क्रियाकलाप रहेको आरोप लगाउँदै अध्यक्षमाथी कार्वाहीको माग गर्दै आन्दोलन थालेका छन् । श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दै स्थानीयले आन्दोलन थालेपछि प्रहरीले मुद्दा अघि बढाएको छ ।
रातको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष शर्मा बुबा आमा भन्दा अलग २ सन्तान र पत्निका साथ बस्ने गरैका थिय । उनको परवार श्रोतकानुसार त्यस साँझ शर्मा केरा लियर बुबा आमा भेटन भनि घरबाट निस्केको बताएका छन् ।