Bagmati Samachar Logo

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा, पाँच जना सैनिक घाइते

गोरखा १७ असार। गोरखा नगरपालिका वडा न.ं ११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा पाँचजना सैनिक घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताएका छन् ।