Bagmati Samachar Logo

मकवानपुरको मनहरी गाउँपालिकाको बजेट ७६ करोड १६ लाख

हेटौडा । १० असार । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय २० को बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाको सातौ गाउँसभामा अनुमानित बजेट पेश गर्दै गाउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी हुन् । विनियोजित बजेट खर्च गर्नको लागि संघीय सरकार र बागमती प्रदेश सरकारको वितिय समानिकरण अनुदान तर्फ क्रमशस् १२ करोड ५५ लाख र १ करोड ३ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ । गाउसभामा आर्थिक ऐन २०७७, प्रगति प्रतिबेदन, बिनियोजन बिधेयक समेत पेश गरिएको छ ।