मकवानपुरको बकैया गाउँपालिकाद्वारा ६५ करोड १९ लाख बजेट पेश
हेटौंडा,१० असार । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट पेश गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ । त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ करोड ३२ लाख ६० हजार रुपैयाँ राजश्व आय प्रक्षेपण गरेको छ, भने चालु आर्थिक वर्षको ३ करोड ५० लाख रुपैयाँ नगद मौज्दात रहने अनुमान प्रस्तावित बजेटमा छ ।
विकास बजेटतर्फ छुट्याइएको रकममध्ये वडागत सिलिङको
प्रस्तावित नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै गाउँ कार्यपालिका सदस्यहरु लक्ष्मी माझी, बीरमान बल, गोपाल न्यासुर र राजन दंगालले सबै पक्ष मिलेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नीति, कार्यक्रम तथा बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै वक्ताहरुले कार्यान्वयन गर्न सफल भए बकैया समृद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् । जनप्रतिनिधि, कर्मचारी, प्रहरी तथा सरोकारवालाहरुको उपस्थितिमा छैठौं गाउँ सभा सम्पन्न भएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै सहभागीहरुबीच दुरी कायम गरी सभा सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: