Bagmati Samachar Logo

कोरोना भाइरसः पछिल्लो २४ घण्टामा थप ६२९ संक्रमण पुष्टि, अहिलेसम्म १० हजार ७२८ पुग्यो

काठमाडौं । १० असार । नेपालमा कोरोना भाइरस (कोभिड १९) पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।