Bagmati Samachar Logo

हेटौँडा उपमहानगरपालिकाले पर्यटन प्रर्वद्धनको लागि भ्यू टावर तथा टोनी हेन पार्क निर्माण गर्ने

हेटौडा |१० असर | आज हेटौँडामा भएको हेटौँडा उपमहानगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुतको क्रममा बोल्दै उपमेयर मिना लामाले आन्तरिक तथा वाहय पर्यटन प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनि हेगन पार्क तथा, हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ को ड्राइभर डाँडामा भ्यू टावर निर्माण गरिने घोषँणा गरेका छन् ।

त्यसैगरी हेटौँडा १८ मा रहेको गुुम्बाडाँडाको भौतिक सुधार, हेटौँडा ९ मा रहेको कुष्माण्डप धापको भौतिक सुधार तथा हेटौँडा १४ मा होमस्टे सञ्चालन गरिने भएको छ भने हेटौँडा १ मा राप्तिपार्क निर्माण गरिने भएको छ । यसैगरी हेटौँडा १९ को सहिद पार्कमा भौतिक सुधार र हेटौँडा ९ को बेतखोल्सी तालपोखरी पर्यटन स्थल निर्माण गरिने जनाईएको छ ।

उपमहानगरपालिकाले आज नगरसभा बैठकका अवसरमा मकवानपुरका सात जना पत्रकारलाई पुरस्कृत गरेको छ साथै । अग्रज पत्रकार सम्मानबाट १ जना पत्रकारलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले वषैपिच्छे बिकास पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । त्यही अनुरुप आज छापा तथा विधुतिय माध्यममा काम गर्ने पत्रकारहरुलाई बिकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

उपमहानगरपालिकाले अग्रज पत्रकार सम्मानबाट तीन दशक अघिदेखि पत्रकारितामा क्रियासिल प्रकास साप्ताहिकका सम्पादक नबराज शर्मालाई नगद १७ हजार सहित सम्मानित गरिएको हो । उहाँलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगद सहित दोसला ओढायर सम्मान गरेका छन् ।

त्यसैगरी कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकका सुवास बिडारी, नयाँ पत्रिका दैनिकका सुदीप शिवाकोटी, हेटौंडा एफ. एमका कृष्ण उदास खनाल, रेडियो निकासका सुरेश श्रेष्ठ, दहिमालयन टाइम्सका प्रकाश दाहाल, सहिखवर साप्ताहिकका सरिता दाहाललाई नगद १३ हजार पाँच सय रुपैयाँका दरले दोसल्लाह र प्रमाणपत्र सहित सम्मान गरिएको हो । सवैलाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना कुमारी लामाले सम्मान गरेका छन् ।

आज हेटौँडामा भएको हेटौँडा उपमहानगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले आन्तरिक तथा वाहिय पर्यटनलाई प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनि हेगन पार्क तथा, हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ को ड्राइभर डाँडामा भ्यू टावर निर्माण गरिने घोषँणा गरिन् ।

त्यसैगरी हेटौँडा १८ मा रहेको गुुम्बाडाँडाको भौतिक सुधार, हेटौँडा ९ मा रहेको कुष्माण्डप धापको भौतिक सुधार तथा हेटौँडा १४ मा होमस्टे सञ्चालन गरिने भएको छ भने हेटौँडा १ मा राप्तिपार्क निर्माण गरिने भएको छ । यसैगरी हेटौँडा १९ को सहिद पार्कमा भौतिक सुधार र हेटौँडा ९ को बेतखोल्सी तालपोखरी पर्यटन स्थल निर्माण गरिने जनाईएको छ ।

१० असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुव्रिकरणले विकास सम्भव नहुने भन्दै विकासका लागि ३ नै तहका सरकारका बिचमा सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन ।

यसै नगरसभा उदघाटनाका क्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले तिनै तहको सरकार विच धुव्रिकरण बढेकोले विकास असम्भव भएको बताए।उनले कामको मोडालिटी परिवर्तन नगर्ने तर परिवर्तन भएन भन्दै हिडनु लज्जास्पद भएको उल्लेख गर्दै निति र कार्यक्रममा पनि परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।
हिजो र आजको प्राथमिकता फरक छ, प्राथमिकता के छ त्यसलाई मध्यनजर गरिनुपर्छ ,हिजो भौतिकपुर्वाधार निर्माण प्राथमिकतामा थियो होला तर आज कोरोनाका कारण बेरोजगार बढने निश्चित छ, त्यसैले यि सबै कुरालाई व्यवस्थापन गर्न तिनै तहको सरकार बिच सहकार्य र समन्वय आवश्यक रहेको देखिन्छु–मुख्यमन्त्री पौडेलले भने ।