Bagmati Samachar Logo

पाल्पामा पहिरोले सवारी साधन पुरीए, २ को मृत्यु, १ जनाको उद्धार

काठमाडौं । ८ असार । गुल्मी सडक खण्डमा पर्ने पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मेबारी भन्ने स्थानमा सोमबार दिउँसो ४ वटा गाडी पहिरोमा परेर पुरिएका छन् । पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनाराण पाण्डेका अनुसार मिनी ट्रक, ट्याङ्कर र एउटा मोटरसाइल पहिरोमा परेका हुन् ।  पहिरोबाट २ जनाको शव निकालिएको उनले जानकारी दिए
‘घटनास्थलबाट २ वटा शव निकालिएको छ । एउटा मिनि ट्रक सय मिटर तल, पुगेको छ । अर्को टयाङ्कर ५ सय मिटरभन्दा तल छ । एउटा मोटरसाइक र हेलमेट देखिएको छ । घटनामा परेका १ जनालाई उद्धार गरी उपाचारका लागि लागि पाल्पा पठाइएको छ, पाण्डेले भने ।

उक्त स्थानमा बिहान ८ बजेदेखि पहिरो जाँदा सडक अवरुद्ध थियो । पहिरो पन्छाउने क्रममा माथिबाट थप पहिरो खसेको हो । तानसेन– रिडी सडक खण्डमा पर्ने सम्मोवारीनजिक सडक माथिबाट पहिरो आएको थियो । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ । 

फाइल फोटो