Swornakshar Logo

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं । ७ असार । आइतवार देशभरी ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ४२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ६४ महिला र ३७५ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।