Bagmati Samachar Logo

डडेल्धुरा जिल्ला सदरमुकाम अनिश्चितकालीन सिल

काठमाडौं । ५ असार । कोरोना संक्रमण बढेपछि डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल गरेको छ । शुक्रबार दिउँसो ३ बजेदेखि सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए । उनले भने, ‘समितिको निर्णयअनुसार व्यपार–व्यवसाय सबै बन्द गरेका छौंँ । बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।’
सदरमुकाम सिल भए पनि सरकारी कार्यालय भने खुला नै रहनेछन् । यस्तै अति आवश्यकबाहेकका सबै सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । डडेल्धुरामा शुक्रबार साँझसम्ममा एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।