Bagmati Samachar Logo

कोरोना भाइसरः आज ४ सय २६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं । ५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय २६ जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालय आज गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत कुल संक्रमितको संख्या ८ हजार दुई सय ७४ पुगेको जानकारी दिए ।
त्यसैगरी शुक्रबार २ सय १६ जना निको भएर डिस्चार्ज भएको गौतमले बताए । हालसम्म नेपालभरि डिस्चार्ज हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ ।