भारतबाट आएपछि क्वारेन्टाइन लैजाँदै गर्दा आत्महत्याको प्रयास
काठमाडौं ।असार १ । क्वारेन्टाइनमा लैजाँदै गरेको अवस्थामा बाग्लुङका एक पुरूषले आत्महत्याको प्रयास गरेका छन् । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले पोखराबाट बसमा राखी बाग्लुङ लैजाँदै गरेको अवस्थामा भीरबाट हामफली आत्महत्या गर्न खोजेका हुन् ।
भारतबाट सुनौली नाका हुँदै आएका बाग्लुङ र म्याग्दीका नागरिकलाई उद्धार गरी बसमा लगिँदै गर्दा । नेपाली सहतिका केहीलाई बाग्लुङ नगरपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी भएको थियो ।
पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ स्थित चुवाको भीरबाट नेपालीले हाम फालेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सडकमा बस फसेको र त्यसलाई सञ्चालन गर्ने प्रयास भइरहेको बेला उनी बसबाट निस्किएर भीरमा पुगि हाम फालेका थिए।
गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको बताइएको छ। उनले किन आत्महत्या गर्ने खाजेका हुन् भन्नेबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: