मन्त्री अर्यालद्वारा सहकारी विभागको निरिक्षण, दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन

काठमाडौं । ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकि छन् ।
भावी पुस्ताको लागि उदाहरण बन्ने गरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने बताइन ।
लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले केही नयाँ निर्णय गरेको भन्दै मन्त्री अर्यालले कार्यालय सञ्चालन गर्ने सन्दर्भमा भिडभाड कम गरेर सञ्चालन गर्न निर्देशन दिइन। मन्त्री अर्यालले भनिन्, ‘कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’
कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बताइन । ‘अहिले परिस्थिती फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । ती मानिसहरुलाई पनि रोजगारी दिनुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भनिन् , हामीसँग रहेको यत्रो सहकारीमार्फत धेरैलाई रोजगारी दिन सक्छौ ? त्यसको आकलन गर्न जरुरी छ ।’
ठूलो संख्यामा रहेको सहकारीको अनुगमन सरकारले गरिरहेको भएपनि त्यो अत्यन्त न्यून रहेकाले त्यसको प्रभावकारिता थप बृद्धी गर्न के गर्ने भन्ने सन्दर्भमा पनि सोच्न जरुरी रहेको मन्त्री अर्यालले बताइन् ।

अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने उहाँको भनाई थियो । ‘हामीले राम्रोसँग अनुगमन गर्न सकेनौं भने भोली ठूलो जोखिम हुनसक्छ । यसलाई समयमै सचेत हुनुपर्ने अवस्था छ । यस विषयमा केही विज्ञसँग पनि छलफल गरौ । अनुगमन राम्रोसँग गर्नुपर्छ’, उनले भनिन्।
सहकारीका प्रशिक्षणहरु पनि कसरी भइरहेका छन् ? त्यसको प्रतिफल कस्तो भइरहेको छ ? भन्ने बारेमा समिक्षा गर्नुपर्ने बेला आएको मन्त्री अर्यालले बताइन्। अबको प्रशिक्षणको डिजाइन फरक ढंगले गर्न समेत उनले आग्रह गरीन।
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताए । सचिव न्यौपानेले जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्: