Bagmati Samachar Logo

कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराएर फर्किने क्रममा उद्रे खोला भन्ने ठाउँमा बुधाबार मृत्यु भएको हो गौतमले भने स्वाब संकलन गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट २९ जेठमा पोजेटिभ रिपोर्ट आएको थियो ।

मृतक १२ दिनअघि भारतको महाराष्ट्रबाट नेपाल आइ क्वारेन्टाइनमा बसेको प्रवक्ता गौतमले जानकारी दिए । ती व्यक्तिको शव अर्घाखाँचीमै व्यवस्थापन गर्ने प्रक्रियामा रहेको उनले बताए ।