भोलिदेखि मालपोत कार्यालय खोल्न सरकारको निर्देशन
काठमाडौं । २४ जेठ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ ।
लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभाग मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
लकडाउनका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।
पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम सेवा सञ्चालन गर्न माग भई आएको थियो ।
सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरूपमा कार्यालयमा उपस्थित भएर अन्य कर्मचारीलाई पनि उपस्थित गराएर सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा सञ्चालनमा ल्याउन विभागले निर्देसन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: