कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं । २३ जेठ । कोरोना भाइरस का कारण थप एक जनाको मृत्यु भएको छ भने २७६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका– २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।
सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देश भरी बाट जम्मा परीक्षण हुनेको संख्या ८८३६६ जम्मा संक्रमितको संख्या २९१२ निको भएर घरफर्कने संख्या ३३३ र मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्: