कोरोनाविरुद्धको हर्बल खोप तयार भयो सरकारलाई आधिकारिक जानकारी र हस्तान्तरणको तयारी गरिदै
हेटौडा । २३ जेष्ठ। हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा खोप तयार बनाउने कार्य आज पुरा भएकोछ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले चासो देखायको यस खोप सरकारलाई आधिकारिक
रुपमा हस्तान्तरण गर्न भने बाँकिछ । खोप यसै वनविज्ञान अध्ययन संस्थानका प्रा डा. ललितकुमार दासले तयार बनाएका हुन । प्रा डा. दास भन्छन, ”कोरोना विरुद्ध असर गर्ने बिभिन जडिबुटीलाई प्रयोगशालामा प्रसोधनगरि काडा मेहनतका साथ दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप(औषधि) तयार गरेको छु ”।
उनले भने ”अब समय मागेर सरकारलाई आधिकारिक हस्तान्तरण गर्ने छु ” । ”मानव सरिरमा प्रयोग हुनु अगाडि को पहिलो प्रक्रिया टक्सिन र औषधिको प्रभाव परिक्षण गर्नु पर्ने हुन्छ । त्यस पछि मात्र यो औषधि मानव सरिरमा कोरोना विरुद्ध कतिको प्रभावकारी छ अथवा छैन भन्ने कुराको जानकारी हुन्छ” बतायका छन् ।
औषधि दुई वटा मोडेलको बनायको छन् एउटा कोरोना विरुद्धको उपचारको लागि र अर्को रोग प्रतिरोधात्मक क्षमता बृद्धी गर्नकोलागि बनाइएको हो ।
प्रा डा. दासले यस अघी पनि हरबल सेनिटाइजर बनाई सकेका छन् ।
वनविज्ञान अध्ययन संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिने उद्देश्यले जेनेभास्थित डब्ल्युएचओको कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको थियो । प्रा डा दासका अनुसार यसअघि यस औषधि एवं खोपको विवरण डब्ल्युएचओमा पठाइ सकेको छ ।
प्रतिक्रिया दिनुहोस्: