मन्त्रिपरिषदको बैठक सम्पन्न, लकडाउन खुकुलो बनाउने संकेत

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकमा लकडाउनको मोडालिटबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा २|४ दिन भित्र कार्ययोजना बनाएर आउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ। समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।
समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने ती मन्त्रीले जानकारी दिए। लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ।
यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल भएको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्।
सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्: