अव्यवस्थित क्वारेन्टिन नै कोरोना फैलिने अखडा

वीरगञ्ज ।२० जेठ । सर्लाहीको कविलासी नगरपालिकास्थित अगरवा माध्यमिक विद्यालय क्वारेन्टिनमा बस्दै आएका ३६ जनामा एकसाथ कोरोना संक्रमण पुष्टि भयो ।
भारतको महाराष्ट्रबाट विभिन्न समयमा फर्किएका ५५ जनालाई यो क्वारेन्टिनमा राखिएको थियो । उनीहरूमध्ये ९ वर्षीया बालिका, १४ वर्षीय बालक हुँदै ७० वर्षका वृद्ध समेत संक्रमित छन् । क्वारेन्टिनका भान्सेमा समेत संक्रमण देखिएको छ ।
मेयर कैलाशकिशोर यादवका अनुसार ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १९ गते मात्र रिपोर्ट आयो । त्यसैले नेगेटिभ आएका १९ जनाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने निर्णय भयो । आरडीटीमा तीन जनाको पोजेटिभ आएको छ ।
रौतहटको परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका १२ जनामा एकसाथ संक्रमण देखियो । यहाँ भारतबाट आएका ७० जना बसेका छन् ।
उनीहरूमध्ये ५४ जना र नेपाली सेनाका १० जनाको स्वाब संकलन गरेर पठाएको थियो । त्यसमध्ये क्वारेन्टिनमा बसेका १२ जना र सेनाका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धरप्रसाद यादव भन्छन्, ‘यो क्वारेन्टिन नगरको अरूभन्दा व्यवस्थित छ । उनीहरूलाई अलगअलग सुत्ने व्यवस्था गरिएको छ । तर उनीहरू अरू बेला एकै ठाउँमा भेला हुन्छन्, गफ गर्छन् । त्यसैले क्वारेन्टिन स्थलमा पनि संक्रमित भएको हुन सक्छ ।’
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारस्थित श्री माध्यमिक विद्यालयको क्वारेन्टिनमा ७३ जना जना छन् । उनीहरूमध्ये एक जनालाई आइतबार संक्रमण पुष्टि भए पनि आइसोलेसनमा लगिएको छैन । विद्यालयमा सवारी साधन पार्किङका लागि बनाइएको ठाउँमा उनलाई राखिएको छ । संक्रमित र अरूले एउटै शौचालय प्रयोग गर्छन्, स्नान गर्ने ठाउँ पनि एउटै छ ।
यसरी बस्दा संक्रमणको जोखिम बढ्ने भन्दै सोमबार साँझ क्वारेन्टिनमा बसेकाहरूले विरोध गरे । भारतबाट आएर क्वारेन्टिनमा बसेका बाबुलाल विश्वकर्मा भन्छन्, ‘संक्रमितसँगै हामीलाई नराख्नुस् भनेर विरोध जनायौं, तर सुनुवाई भएन ।’
सरकारी तथ्यांकअनुसार प्रदेश २ का ८ जिल्लामा झण्डै २२ हजार मानिस क्वारेन्टिनमा छन् । अधिकांश क्वारेन्टिनस्थल विद्यालय भवनहरूमा बनाइएको छ । तर सामाजिक दुरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भएको छैन ।
मापदण्डअनुसार क्वारेन्टिन नहुँदा समस्या विकराल हुन लागेको नारायणी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. रामाशंकर ठाकुर बताउँछन् । ‘भारतबाट एकैपटक ठूलो संख्यामा मानिसहरू आए, उनीहरूलाई जन्तीलाई बसाए जसरी राखिएको छ’ डा. ठाकुर भन्छन्, ‘कम्तीमा एक मिटरको दुरी त पालना हुनुपर्ने हो । त्यो पनि भएको छैन एक जनामा संक्रमण भयो भने सबैलाई सर्छ ।’
क्वारेन्टिन स्थलबारे आफूकहाँ आएका अनौठा सूचना सुनाउँदै उनले भने, ‘ईशानाथ नगरपालिकाले मठियामा सञ्चालन गरेको क्वारेन्टिनमा खाना दिँदैनन् रे । भारतबाट आएका एक जनाको परिवारले घरबाट खाना लिएर बालबच्चासहित गएर सँगै खाना खाएर फर्किन्छिन् रे । अर्का एकजनाले त दिनभरि क्वारेन्टिनमा बसेपछि राति सुत्न घर पठाउने गरेको घटना पनि सुनाए । यस्तै हो भने संक्रमितको उपचार होइन, सम्हाल्न नसक्ने अवस्था आउँछ ।’
प्रदेश २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा पनि प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्नुको एउटा कारण क्वारेन्टिन पनि भएको स्वीकार गर्छन् । भारतको विभिन्न सहरबाट यहाँ आइपुग्दा थकाइ, अनिन्द्रा, भोकप्यासले पनि मानिसलाई कमजोर पारेको हुन्छ’ उनले भने ‘यहाँ पनि व्यवस्थित ठाउँमा राख्न सकिएन, मानिस कमजोर हुँदा भाइरसले सजिलै आक्रमण ग¥यो ।’
सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि अझै केही साता प्रदेशका लागि चुनौतीपूर्ण भएको भन्दै सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: