कोरोनाविरुद्धको खोप तयार भयो सरकारले परिक्षण गर्नु पर्छ:डा.ललित कुमार दास
हेटौँडा । १८ जेठ । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको दाबी गरेको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा. ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको
जिकिर गरेका छन् । खोप रोग प्रतिरोधात्मकका लागि ६ वाटा मोडेल र कोरोनाकोलागि ३ वाटा मोडेल गरी जम्मा ९ वाटा मोडेल तयार गरिसकेको खबरसाइडलाई जानकारी दिएका छन् ।
वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले यसअघि पनि हर्बल सेनिटाइजर बनाइसकेका छन् ।
उनले फेरी थपे सीमित स्रोतसाधन बावजुद पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको दाबी गर्दै , अब सरकारले शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल टेकु लगेर परिक्षण गर्नु पर्छ
एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।
वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्धक जडिबुटीबाट निर्माण गरिएको जनायको छ ।
केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको छ ।
कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे ।
कलेजका प्रा दामोदर गैरेले पनि डा. दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुनसक्ने विचार व्यक्त गरेका छन् ।
यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनले आग्रह गरेका छन् । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे ।
प्रतिक्रिया दिनुहोस्: