Swornakshar Logo

रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप, वडाध्यक्ष पक्राउ

हेटौडा |१६ जेठ | रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ ।

मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा राख्न नमाने पछि विवाद भएको हो ।

गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए । प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ ।

रौतहटको गुजरा नगरपालिकामा भारतबाट आएका ७५ जना तीन दिनदेखी गुजरा ५ को इस्लामपुरमा रहेको हाटबजार लाग्ने ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई स्थानीय तहले सीमाबाट केही दिनअघि उद्धार गरेको थियो ।