Bagmati Samachar Logo

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको मात्र बजेट,करोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब

काठमाडौं । १५ जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि १४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याएको बताएका हुन्, जसमा ९ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेका छन् । त्यस्तै, पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् । 

वित्तीय व्यवस्थानका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यस्तो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
स्वास्थ्यमा बजेट बढ्यो, यस्ता छन् कार्यक्रम

करोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  आर्थिक वर्ष २०७७र०७८ का लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षको भन्दा बढी बजेट हो । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । सरकारले करोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकाले ३ सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । सरकारले ७ वटै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल भएको छ । त्यस्तै स्वास्थ्य पूर्वाधार विकास लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याइने भएको छ । 

अहिले कोरोना महामारीमा स्वास्थ्यकर्मी खटिएका छन् । त्यसैले कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ५ लाखको निशुल्क स्वास्थ्य बिम गर्ने बजेटमा उल्लेख गरिएको छ । 

महामारी नियन्त्रण तथा  रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र र स्वायत  खाद्य तथा औषधि प्राधिकरण निर्माणका लागि बजेट छुट्याएको छ । 

रोग परीक्षणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक प्रयोगशाला बनाउने सरकारले घोषणा गरेको छ ।  सरकारले प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने घोषणा गरेको छ । स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको छ ।

निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने र व्यायामशाला योग केन्द्र पनि चलाउने बजेटमा उल्लेख गरिएको छ । आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने भएको छ । केन्द्रीय  अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने भएको छ ।  राष्ट्रिय रोग निदान  केन्द्र स्थापना गरिने भएको छ । निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिनाइने भएको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा । सरकारले सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने घोषणा गरेको छ । कार्यक्रमका लागि ७ अर्ब विनियोजन गरिएको छ । कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने र राजमार्गमा ट्रमा सेन्टर बनाइने भएको छ ।