कैलाश गाउँपालिकाको कार्यालय आगोले जलेर पुर्ण क्षति

हेटौंडा । १५ जेठ | मकवानपुरको कैलाश गाउँपालिका, गाउँकार्यपालिकाको भवनमा आज आगलागी भएको छ । आगलागीका कारण सवै जलेर नष्ट भएको छ ।आगालागी विद्युत सटका कारणले भएको हो । कार्यालयमा आगो लागेपछि प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेको रकार्यालय जलेर ध्वस्त भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८ कोठे भवनमा सोलारको विद्युत प्रयोग गरिँदै आएको थियो। मोक्तानले भने “एक्कासी सोलारको ब्याट्री पड्किएर आगोको मुस्लो र कालो धुवाँ फैलियो, फैलियको २० मिनेटमा कार्यालय भित्र भएका सम्पुर्ण सामान जलेर नस्ट भयो” ।

“अहिले लकडाउनका कारण कर्मचारी पनि थोरै मात्र कार्यालयमा वस्ने र त्यसैले पनि सामान निकाल्न समस्या भएको हो ।
हेटौंडाबाट धेरै टाढा भएकाले दमकल तत्काल पुग्न सक्ने अवस्था पनि रहेन ”।
आगालागीको घटना बिहीबार मध्यान्ह सबा १२ बजे घटेको हो ।

प्रतिक्रिया दिनुहोस्: