Bagmati Samachar Logo

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल

काठमाडौं । १३ वैशाख । आज बसेको सर्वदलिय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलिय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो ।
आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुमै नयाँ नक्सा जारीपछि संविधान संसोधनका बारेमा र सरकारको तयारीबारे जानकारी गराएका थिए ।

संविधान संशोधनको प्रस्ताव ९ जेठमा संसदमा दर्ता भएको छ । सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउन सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

संविधान संशोधन गर्नकोलागि आमसहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।
संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसेको थियो
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्नुपर्छ भन्ने कुरा आएको छ , हामी कांग्रेस केन्द्रीय समितिको निर्णयको पर्खाइमा छौं ।’

७ जेठमा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत भूभाग समेटिएको नेपालको नक्शा राजनीतिक तथा प्रशासनिक सार्वजनिक गरिसकेको छ।