Swornakshar Logo

कोरोना संक्रमित महिला हेटौंडा ४ नं. वडा निवासी भएको खुलेको छ

मकवानपुर । १० जेठ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा ३ का ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना सार्वजनिक गरेको भएपनि खासमा ती महिला हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को बासिन्दा भएको खुलेको छ ।

गत ४ गते हेटौंडा अस्पतालबाट रिफर लिई काठमाडौँ गएकी ती महिलाको स्वाब काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

संक्रमित हेटौंडा अस्पतालमा जाँच गर्न जाँदा ठेगाना ढाटेकाले यस्तो भ्रम भएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरुको पनि स्वाब संकलन गरिएको छ भने रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्न भनिएको छ ।