Bagmati Samachar Logo

आज साँझ थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौं । ९ जेठ । आज साँझ ९ जना कोराना सक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा मकवानपुरका हेटौंटा(३ की ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।  

योसहित आज मात्रै नेपालमा ५९ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको संख्या भने ५ सय १६ पुगेको छ । जसमध्ये ७० जना उपचारपछि घर फर्कंदा ३ जनाको मृत्यु भएको छ ।