Bagmati Samachar Logo

गुल्मीका कोरोना संक्रमितको मृत्यु, यो संगै मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । ८ जेष्ठ ।बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

जसको यसअघि ७ गते पनि पेहि मिडियामा मृत्युको हल्ला फैलियको थियो । तर
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले उनको मृत्यु ८ गते बिहान ७ बजे भएको बताएका छन् ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।