Bagmati Samachar Logo

मकवानपुरका कोरोना संक्रमितको परिवारको स्वाब परिक्षण हुँदै रिपोर्ट आजै आउने

हेटौडा ।७ जेष्ठ । उत्तरी मकवानपुर थाहा नगरपालिकाका एक कोरोना संक्रमितको परिवारलाई बुधबार बिहान कोरोना परिक्षणकोे लागि हेटौंडा ल्याईएको छ ।

थाहा नगरपालिका वडा नंबर ११ का २९ वर्षीय पुरुषलाई हिजो धुलीखेलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएपछि उनको श्रीमति र २ छोरीहरुलाई आज बिहान हेटौंडामा रहेको कर्रा आइसोलेसन ल्याईएको आइसोलेसन वार्डका संयोजक भोला प्रसाद चौँलागईले जानकारी दिए ।
कोरोना परीक्षणको लागि उनिहरुको स्वाब संकलन गरिएको छ । संक्रमण भयनभयको बारे रिपोर्ट आज साँझ सम्म आईपुग्ने बताईएको छ ।