Swornakshar Logo

सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । ६ जेठ सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यी जिल्लामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ भने काठमाडौंमा पनि ३ जना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरका १, मकवानपुरका १,कपिलबस्तुका ४र नवलपरासीका १ जना पनि संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् ।

योसँगै नेपालका ३८ जिल्लामा कोरोना संक्रमण ३फैलिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किएका छन् । यस्तै २ जनाको मृत्यु भएको छ ।