नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो
कााठमाडौ । ४ जेष्ठ । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए ।
‘गएराति स्वास्थ्यमा समस्या भयो । ज्वरो झाडापखालालगायत समस्याहरु उनमा देखिएको र आज बिहान ६ बजेर ४० मिनेटमा उहाँको निधन भएको छ’, प्रवक्ता देवकोटाले भने ।
कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
यो पनि।।
कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: