नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं । ३ जेठ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ । कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्ष मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालका कोरोना भाइरसबाट पहिलो मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उनको स्वाब परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको उल्लेख छ ।
उनीे २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको थियो ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव दाहसंस्कारको लागि काठमाडौं ल्याइँदै छ । उनको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने भएको छ ।
‘अस्पतालबाट महिलाको शव काठमाडौं पठाइइएको छ,’ धुलिखेल अस्पतालका एक डाक्टरले भने, ‘विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने तयारी छ ।’
थप सामग्री : https://shilapatra.com/unicode
प्रतिक्रिया दिनुहोस्: